नेपाल बार एसोसिएसन पाटनको अध्यक्ष उम्मेदवारमा संयुक्त प्यानलका शान्तिराम खतिवडा

नेपाल बार एसोसिएसन पाटनको अध्यक्ष उम्मेदवारमा संयुक्त प्यानलका शान्तिराम खतिवडा

कपन अनलाइन
काठमाडौं, असार १३।

नेपाल बार एसोसिएसन पाटन उच्च अदालतको अध्यक्षमा संयुक्त प्यानलका तर्फबाट अधिवक्ता शान्तिराम खतिवडा उम्मेदवार बन्ने भएका छन।

नेकपा एमाले निकट पिपिएलए र नेकपा एकीकृत समाजवादी निकट एसपिएलएको संयुक्त प्यानलको तर्फबाट खतिवडालाई अध्यक्ष  र रबिन्द्र कुमार ढुङ्गानालाई सचिवमा अगाडी सारिएको छ।

करिव २९ वर्ष  कानुन क्षेत्रमा सक्रिय रहदै आएका ओखलढुंगा जिल्ला मोलुंग गाउँपालिकाका खतिवडाले जिल्लाको बामपन्थी आन्दोलनको विकासमा पनि महत्वपूर्ण योगदान  पुर्याएका छन  ।

यहि असार २५ गते हुने नेपाल बार एसोसिएसन पाटन उच्च अदालतको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार रहेका खतिवडाले नेपाल ल क्याम्पसबाट एल एल एम गरेका छन।

२०४८ सालको कर्मचारी आन्दोलनमा एक महिना जेल सजाय सहित अनिवार्य अवकास पाएका खतिवडा नेकपा एमाले केन्द्रिय कानुन विभाग र उपभोक्ता हित संरक्षण विभागका सदस्य समेत रहेका छन ।

अनेरास्ववियु ओखलढुंगा -काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष हुँदै दुई पटक नेकपा एमाले ओखलढुंगा -काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष रहेर योगदान पुर्याएका खतिवडा नेकपा एमाले कानुन ईलाका कमिटीका पुर्व अध्यक्ष समेत हुन्।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।