‘विश्व ड्रग डे’ २०२२ को अवसरमा बुढानीलकण्ठ नगर युवा परिषदको र्याली सहित सचेतना कार्यक्रम

‘विश्व ड्रग डे’ २०२२ को अवसरमा बुढानीलकण्ठ नगर युवा परिषदको र्याली सहित सचेतना कार्यक्रम

कपन अनलाइन
काठमाडौं, असार १३।

बुढानीलकण्ठ नगरपालिकामा लागु औषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस  ‘विश्व ड्रग डे’ २०२२ कार्यक्रम आयोजना गरीएको छ ।

नगरपालिका युवा परिषद्को आयोजनामा नगरपालिकाका  प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, सदस्य, नगर वडा युवा परिषद् लगायत युवा समुहहरु समेतको सहाभागितामा सचेतना र्यालि  सहित भएको कार्यक्रममा अन्तरक्रिया र नाटक प्रदर्शन पनि गरिएको थियो।
कार्यक्रममा  सम्बोधन गर्दैै नगर उपप्रमुख अनिता लामाले लागु औषध नियन्त्रण तथा पूनर्स्थानपनामा नगरपालिकाको चासो रहेको बताउदैँ यसको दिर्घकालिन समाधानका लागी आवश्यक नीति निर्माण प्रक्रियामा नगरपालिका रहेको जानकारी दिएकी थिइन् ।

 वडा नं ०७ स्थित ट्रुनग्राम ईन्टरनेसनल स्कुलका विद्यार्थिहरुले सचेतामुलक नाटक प्रस्तुत गरेको कार्यक्रममा नगर युवा परिषद् कार्यकारी  उपाध्यक्ष रुपेश भट्टराईले लागु औषध विरुद्धको अभियानको समर्थनका लागि यस कार्यक्रम आयोजना भएको बताउदै  नगरपालिकालाई दुर्व्यशन युक्त बनाउने योजना नगर युवा परिषद्ले राखेको जानकारी दिएका थिए।

विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत रहेको उक्त कार्यक्रममा लागुऔषध अभियानका विज्ञ अभियान्ता तथा परामर्शकर्ता अच्युत सिटौलाले लागु औषध नियन्त्रणमा स्थानीय सरकार मार्फत कार्यन्वयन गर्न सकिने प्रभावकारी नीति तथा कार्यक्रम प्रस्तुतिकरण दिएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।