मातातिर्थ वृद्धाश्रमका आमाहरुलाई मदन भण्डारी फाउन्डेसन चन्द्रागिरीको भोजन

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

मदन भण्डारी फाउन्डेसन चन्द्रागिरीले मातातिर्थ वृद्धाश्रमका आमाहरुलाई भोजन गराएको छ। जननेता मदन कुमार भण्डारीको ७१ औ जन्म जयन्तिको अवसरमा वृद्धाश्रमका आमाहरुलाई भोजन गराइएको हो।

चन्द्रागिरी नगरपालिका वडा नं ६ मा रहेको वृद्धाश्रममा पुगेर मदन भण्डारी फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरुले आमाहरुलाई भोजन गराउदै अनुभवहरु साटेका थिए।

जननेता मदन कुमार भण्डारीको ७१ औ जन्म जयन्तिको अवसरमा मदन भण्डारी फाउन्डेसन काठमाण्डौका ११ वटै नगर कमिटीहरुले रक्तदान,स्वास्थ्य सिविर लगायतका कार्यक्रमहरु आयोजना गरिरहेका छन।

 

तपाइँको प्रतिक्रिया ।