रिलायन्स इन्टरनेसनल एकेडेमीले दोश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असार ६।

रिलायन्स इन्टरनेसनल एकेडेमीले एस ई ई परिक्षामा सामेल भएका विद्यार्थीहरुको सहभागिता रहने  दोश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने भएको छ।

“तपाइको स्थानीय क्षेत्रमा फोहोर व्यवस्थापनका चुनौती र समाधानहरु ” विषयक सो निवन्ध प्रतोयोगितामा सहभागिता जनाउन चाहाने विद्यार्थीहरुले असार ५ गते देखि १५ गते सम्म २०० देखि २५० शव्द सम्मको निवन्ध क्याम्पसमा बुझाउनु पर्नेछ।

सो प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार ,दितीय हुनेले नगद ६ हजार ,तृतीय हुनेले नगद ४ हजार र सान्त्वना प्राप्त गर्ने १० जनाले नगद १ हजार सहित विभिन्न छात्रवृति प्राप्त गर्ने क्याम्पसले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।