पेट्रोलमा प्रतिलिटर २१ र डिजेल,मट्टीतेलमा २७ रुपैयाँले मूल्य बढ्यो

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल,मट्टीतेलमा २७ रुपैयाँले मूल्य बढ्यो

कपन अनलाइन 

काठमाडौँ, असार ६ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

तपाइँको प्रतिक्रिया ।