कागेश्वरीमा मेयर संग ज्येष्ठ नागरिक घरदैलो विशेषज्ञ स्वास्थ्य सेवा शुरु

कागेश्वरीमा मेयर संग ज्येष्ठ नागरिक घरदैलो विशेषज्ञ स्वास्थ्य सेवा शुरु

कपन अनलाइन

काठमाडौँ, असार ५ । कागेश्वरी मनोहरा नगरपालिकामा  निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कागेश्वरी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुका लागि शनिबार वडा नं-९ स्थित तुलसी मेहर महिला आश्रम, काडाँघारीमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन  गरिएको हो  । बिहान ८ बजेदेखि संचालन भएको शिविरमा शल्यक्रिया बाहेकको विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविर  बाट  नगरका करिब २ सय जनाभन्दा बढी ज्येष्ठ नागरिकहरूले निशुल्क स्वास्थ्य सेवा लिएको नगरपालिकाले जानकारी गराएको छ  । मेयर संग ज्येष्ठ नागरिक घरदैलो विशेषज्ञ स्वास्थ्य सेवा नाम दिइएको  उक्त स्वास्थ्य शिविरको नगर प्रमुख उपेन्द्र कार्की उप प्रमुख शान्ता थापा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे वडा अध्यक्ष अनिल थापा सहित जनप्रतिनिधिहरुले अवलोकन गरेका थिए।

ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको कागेश्वरी मनोहराका प्रमुख उपेन्द्र कार्कीले जानकारी  गराए  बताए।  हप्ताको हरेक शनिबार सञ्चालन हुने शिविरमा शल्यक्रिया बाहेकको विशेषज्ञ सेवा प्रदान गरिने भएको छ। उक्त शिवीरमा औषधी व्यवसायी माधव गौतमले ४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।शिविरमा मुटु रोग, छाती रोग, रेडियोलोजिस्ट, हाड तथा जोर्नी, स्त्री रोग, फिजिसियन, जनरल फिजिसियन, दाँत र आँखा रोगसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।