तालमेल : दिपक खनाल अगम (लघुकथा )

तालमेल : दिपक खनाल अगम (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,असार ४ ।

डेभिड सरले जीवजन्तुको पाठ पढाउँदा प्रसङ्ग वस  गधा बुद्धिजीवी प्राणी हो र छ भन्नुभयो । बुद्धिको हिसाबले यसलाई टप पाँचभित्र राख्दा फरक नपर्ला भन्दा विद्यार्थीहरु अट्टाहास हाँसे ।
कक्षाकोठाको वातावरण शान्त भएपछि उहाँले केही उदाहरण दिदै भन्नुभयो, ‘नानीबाबुहरु हो ! गधाले आफु पुगेको ठाउँ र पच्चीस वर्ष पुराना साथीहरू राम्रोसँग चिन्न सक्छ । अन्न, नुन, चिनी वा भिज्ने वस्तुको भारी बोकाउदा नदीनाला वा पानीमा जान मान्दैन । आफ्नो काम इमानदारी पूर्वक गर्छ । गधाहरु अटेरी हुदैनन् तर आफुलाई खतरा वा हानिकारक हुन सक्ने काम गर्न मान्दै मान्दैनन् !’
सरको कुरा सुनेर छात्र शिवहरि नेपालीले जिज्ञासा राखे ।
‘सर, गधा बाठो हुने रहेछ । तर, किन बुद्धु , पुङमाङेहरुलाई कस्तो बुद्धि नभएको गधा जस्तो रहेछ भन्छन् ?’ ‘ओहो ! अब्बल प्रश्न गर्यौ , बाबु । यसमा विभिन्न कारणहरु छन् झझ मोहम्मद बिनले सुन्ने उत्सुकता प्रकट गर्दा सबै विद्यार्थीहरुले साथदिए ।
‘ल सुन.. ! त्रेतायुगको अन्त र द्वापरयुगको सुरुवातमा जनावरहरुको दौड र बुद्धिको प्रतिस्पर्धा भयो । गधाले आफु बुद्धिजीवी र सामाजिक प्राणी हो भन्ने लक्षण देखाउदै गधाहरुको गठबन्धन गर्यो  ।

तालमेल आफुले जित्न भन्दा अरुलाई हराउन थियो । गधाहरु यसमा सफल पनि भए । यो सम्पूर्ण दृश्य हेरिरहेका मनुष्यहरुले बुद्धिजीवी गधालाई पकडमा लिए । बुद्धिलाई सही तरिकाले प्रयोग गर्न नजान्ने गधालाई मान्छेहरुले किन रहस्यपूर्वक आफ्नो सहयोगी बनाए ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।