दंग : दीपक लोहनी (लघुकथा )

दंग : दीपक लोहनी (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,असार ४ ।

म जैविक फोहरलाई कम्पोष्ट मलमा रुपान्तरण गर्ने अभियानमा व्यस्त थिएँ । यही सिलसिलामा म गाउँ र सहर पुगिरहन्थें । यो कुरो सडक र सदन दुबैलाई राम्रोसँग थाहा थियो ।
एकदिन गाउँबाट सहर फर्कदै थिएँ ।
आफैले टेकिरहेको सडकले मलाई पुलुक्क हेर्यो र भन्यो,– ‘राजनीति फोहरी खेल हो ।’
म पधेरोमा हातमुख धोएर चुपचाप सहर पसें ।
सहरको मध्ये भागमा सदन उभिएको थियो । त्यही सदन ठूल्ठूलो स्वरमा चिच्याइरहेको थियो, –
‘फोहरी खेल नै राजनीति हो ।’
म दंग परें –
राजनीति र खेल पनि कम्पोष्ट मल बनाउन लायक रहेछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।