बुढानिलकण्ठ ११ जगडोलमा चोरी, गोल्ड मेडल फिर्ता गर्नेलाइ नगद रु एक लाख पुरस्कार

बुढानिलकण्ठ ११ जगडोलमा चोरी, गोल्ड मेडल फिर्ता गर्नेलाइ नगद रु एक लाख पुरस्कार

कपन अनलाइन

काठमाडौं असार ४ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलको एक घरमा चोरी भएको छ। जेठ ३१ गते मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका वडा नं ११जगडोलको श्याम कृष्ण पौडेलको घरमा चोरी भएको हो ।

घरमा कोहि नभएको मौका पारी  मूल ढोका फोरी करिब ७ लाख रुपैया बराबरको जिन्सी सामान र छोरा शिशिर पौडेलले त्रिभुवन विश्व बिद्यालय बाट टप गरि तत्कालिन राष्ट्रपति डा. रामबरण यादब बाट प्राप्त स्वर्ण पदक सहित बिभिन्न पुराना चाँदीका सिक्काहरु समेत चोरी भएको श्याम कृष्ण पौडेलले जानकारी गराए ।उनले छोरा शिशिर पौडेलले त्रिभुवन विश्व बिद्यालय बाट टप गरि तत्कालिन राष्ट्रपति डा. राम बरण यादब बाट प्राप्त स्वर्ण पदक कसैले फिर्ता गरेमा नगद रु १ लाख रुपैया समेत पुरस्कार दिने घोषणा गरेको कपन अनलाइनलाइ जानकारी गराए। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।