भूकम्पमा ज्यान गुमाउनेको संख्या ८,६९२ पुग्यो

भूकम्पमा ज्यान गुमाउनेको संख्या ८,६९२ पुग्यो

काठमाडौं, १७ जेठ

वैैशाख १२ गते गएको भूकम्प तथा १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण आइतबार सम्म ज्यान गुमाउनेको संख्या ८,६९२ जनाको ज्यान गएको छ । २२,४९४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

25_05_2014-Earthquake11a

भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं उपत्यकामा १,७२९, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६,४५३, पश्चिम क्षेत्रमा ४,५१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

यसैगरी घाइते हुनेहरुमा उपत्यकामा १३,०१२, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा ७,७४६, पश्चिम क्षेत्रमा १,२४६, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका प्रहरीले जनाएको छ ।

मृतक ८,६६४ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ४,६५५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
हालसम्म नेपाली नागरिक १९५ र विदेशी नागरिक ८० जना बेपत्ता भएका प्रहरीले बताएको छ ।
भूकम्पबाट पूर्ण तथा आंशिक गरी जम्मा ४६९५३९ भौतिक संरचनाहरु क्षति पुगेको छ ।

तपाइँको प्रतिक्रिया ।