संविधानसभा बैठक स्थगित
काठमाडौँ, १७ जेठ । आजका लागि निर्धारण भएको संविधानसभाको बैठक यही जेठ २१ गते बिहीबारसम्मका लागि स्थगन भएकोे छ ।
‘गोरखा भूकम्प’ पछि अधिकांश सभासद् आ–आफ्ना जिल्लामा राहत तथा उद्धारमा जुटेकाले आजको बैठक स्थगन भएको हो ।
संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार बैठक जेठ २१ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ । यसबारे सचिवालयले सूचना टाँस गर्नेछ ।
संविधानका विवादित विषयमा सहमतिका लागि चार दलका शीर्ष नेताले छलफल पनि जारी राखेकाले बैठक स्थगन भएको बुझिएको छ । रासस
तपाइँको प्रतिक्रिया ।