नेसनल प्याव्सन काठमाण्डौको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

नेसनल प्याव्सन काठमाण्डौको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

नेसनल प्याव्सन काठमाण्डौको आयोजना र नेसनल प्याव्सन बुढानिलकण्ठको संयोजनमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको नेसनल आइडियल स्कुलमा आयोजित पत्रकार सम्मेलनमा यहि जेष्ठ २७ ,२८ र २९ गते सो हाजिरी प्रतियोगिता हुने जानकारी दिइएको हो।

पाँच राउण्डमा हुने सो प्रतोयोगिता तिन दिन सम्म चल्ने बताउदै  नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष नारायणबाबु तिमल्सिनाले प्रथम हुनेले ट्रफी, मेडल सहित नगद १० हजार ,दितीय हुनेले ट्रफी, मेडल सहित ८ हजार ,तृतीय हुनेले ट्रफी, मेडल सहित ७ हजार ,चौथो हुनेले ट्रफी, मेडल सहित ४ हजार र पाचौ हुनेले ट्रफी, मेडल सहित ३ हजार प्राप्त गर्ने जानकारी दिएका छन।

काठमाण्डौ जिल्लाका ६१ भन्दा बढी विद्यालयका ८६ टिमको सहभागिता रहने सो प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको विच प्रतिस्पर्धा हुने कार्यक्रमका संयोजक तथा नेसनल प्याव्सन बुढानिलकण्ठका सह सचिव तेन्जिङ्ग भुटियाले जानकारी दिएका छन।

नेसनल प्याव्सन बुढानिलकण्ठका सचिव लेख जङ्ग खत्रीले संचालन गरेको सो कार्यक्रममा नेसनल प्याव्सन काठमाण्डौका उपाध्यक्ष होम बहादुर अधिकारी ,सचिव अमृत खड्का ,सह सचिव समिर बास्तोला सहित विभिन्न नगर समितिका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

जेष्ठ २९ गते हुने प्रतियोगिताको समापन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिने आयोजकले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।