बाढीको बितण्डा : अह ! कपन त् मरेपनि नजाने ….

बाढीको बितण्डा : अह ! कपन त् मरेपनि नजाने ….

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६/रवीन्द्र थापा

वर्षातको सुरुवात संगै कपनवासीहरुले निकै सास्ती खेप्नु परेको समाचार र स्टाटसहरुमा अहिले सम्म लाखौ शव्द खर्च भैसकेका छन तर पनि अवस्था भने उस्तै रहेको छ।

थोरै पानी पर्दा पनि बाढी र डुवानको पिडा खेप्नु परेका कपनवासीहरुका टिक टक हेर्दा पनि यो कुनै ठुलै जलाधार क्षेत्र वा डुवान क्षेत्र झैँ लाग्ने गर्छ भने यहाँका स्थानीयहरुको पिडाका कहानीहरु कुनै दुर्गम र विकटका जनताको भन्दा बढी नै कारुणिक र दुखदायी लाग्ने गर्दछन।

अलिकति पानी परेको साँझ त् झन् यहाको स्थानीयहरुले ठुलै दुख भोग्नु पर्छ। पानी पर्ने वितिक्कै कपन जाने कुनै पनि नियमित सवारी साधन पाउन महाभारतको युद्द जिते झैँ हुने गर्दछ भने पठाओ वा ट्याक्सीको सिधै एउटा उत्तर हुने अह ! कपन त् मरेपनि नजाने ….।

कपन क्षेत्रको डुवान समस्या समाधानका लागि पटक पटक भएका प्रयासहरु बालुवामा पानी हाले सरह निरर्थक बनेका छन भने यसका वारेमा भएका  गहन र संवेदनशील प्रयास पनि हाल सम्म सफल हुन् सकेका छैनन्।

नेपालका प्रभावशाली मानिने नेताहरुको भोट बटुल्ने राम्रो केन्द्र कपनको पिडा भने अहीले सम्म संचार माध्यम,स्थानीयहरुका टिक टक र स्टाटस भन्दा माथि कुनै पनि महत्वपूर्ण स्थानमा छलफल भएको देखिदैन।

काठमाण्डौ जिल्लाका १० वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं ४ नकै चर्चा बटुलेको निर्वाचन क्षेत्र हो। नेपालका रास्ट्रपति ,प्रधानमन्त्री र ने प्रभावशाली व्यक्तिहरुको बसोवास रहेको यो क्षेत्रका वासिन्दा निकै भाग्यमानी रहेका छन।

अझ देशको नेतृत्व तहमा रहेका प्रसासक र व्यवसायीहरुको रोजाइमा परेको यो क्षेत्रको बुढानिलकण्ठ नगरपालिका त् झन् प्रकृति र संस्कृतिको वरदान पाएको नगरपालिका हो।

तर ति सबै प्रभावशाली ब्यक्तिहरुलाई  सधै गिज्याउने स्थान बनेको छ वडा नं १० ,११ र १२ रहेको कपन क्षेत्र जहाँ अहिले पनि स्थानीयहरु दुर दराजको विकट गाउँको झैँ समस्या भोगिरहेका छन।

अलिकति पानी पर्ने वितिक्कै खोलामा परिणत हुने सडकको यात्रा गर्न बाध्य हुने यहाँका स्थानीयहरु वर्षौ देखि घर घरमा छिरेको फोहोर र हिलो सोहोर्ने कस्टकर अवस्थामा रहेका छन।

नेपालकै प्रभावशाली भनेर चिनिन रुचाउने यस क्षेत्रका सांसद सारा संसारका समस्या र पिडा बोकेर संसदमा बोलेको सुनिन्छ तर आफ्नै क्षेत्रको यो विकराल समस्यामा वारेमा उनले कहिँ कतै बोलेको सुन्न पाइदैन भने स्थानीय तहका जनप्रतिनिधिहरुले  पनि केहि कारुणिक शव्द स्टाटसमा खर्च गर्न बाहेक कुनै दवामुलक कार्यक्रम र योजना ल्याएको देखिदैन।

कपन सुन्ने वितिक्कै बाढी सम्झिनु पर्ने अवस्थामा रहेका कपनवासिले यसका लागि लागि अवको दिनमा सांसद ,नगर प्रमुख ,उपप्रमुख ,वडाका जनप्रतिनिधिहरुलाई एकै ठाउँमा ल्याएर  निर्णायक दवाव मुलक अभियान नै संचालन गर्नु  पर्ने देखिन्छ । अन्यथा    सधै यहि वाक्य सुन्नुपर्ने छ अह ! कपन त् मरेपनि नजाने ….।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।