निजी बिद्यालयले एक महिनाको शुल्क नलिने
काठमाडौँ, १६ जेठ । देशभरका निजी शैक्षिक संस्थाले एक महिनाको छात्रावास शुल्क र यातायात शुल्क नलिने भएका छन् । उनीहरुले भूकम्पपछि अहिलेसम्म अध्ययन/अध्यापन कार्य नभएकाले ती शुल्क मिनाहाको निर्णय गरिएको बताएका छन् ।
निजी शिक्षालय महासङ्घ (अपिन) को आज बसेको बैठकले कलेज र विद्यालय दुवै तहमा लागू हुनेगरी यस्तो निर्णय गरेको हिसानका उपाध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो । अपिनमा हिसान, प्याब्सन, एन–प्याब्सनलगायत सङ्गठनमा आबद्ध देशभरका झण्डै १३ हजार निजी शैक्षिक संस्था रहेको उहाँले बताउनुभयो ।
बैठकले भुकम्पका कारण वैशाख १२ गतेदेखि जेठ १६ गते सम्म ३५ दिन पढाइ नभएकाले त्यसलाई जाडो बिदा, गर्मी बिदा, परीक्षा बिदा, पर्व बिदा र आवश्यक परेमा शनिबारीय बिदालाई समेत कटौती गरी ४५ दिनको पढाइ पूर्तिगर्ने निर्णय पनि गरेको छ ।
तपाइँको प्रतिक्रिया ।