चेतनामुलक कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले मनायो विश्व वातावरण दिवस

चेतनामुलक कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले मनायो विश्व वातावरण दिवस

कपन अनलाइन

काठमाडौं,जेठ २३ ।  ‘मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने  नारा सहित मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व बातावरण दिवस मनाएको छ । जोरपाटी स्थित  नयाँ बस्ती युवा क्लबको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वरनगरपालिका प्रमुख दिपक रिसाल रहेका  थिए भने बिशेष अतिथिमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी सामाजिक अभियन्ता एबम शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी शान्ति समाजका महासचिव रामकृष्ण बराल, नेपाली कांग्रेस प्रदेश सभापति राज चालिसे  लगायत बिभिन्न बिध्यालयका शिक्षक बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता  मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाका कार्यवाहक अध्यक्ष भगवान पुडासैनीले गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर  नगरपालिका वडा न ५ का वडा अध्यक्ष नारायण सुवेदी ,सामाजिक अभियन्ता तथा शान्ति समाज का सल्लाहकार उत्तम पुडासैनी ,शान्ति समाज का महासचिव राम कृष्ण बराल, नेपाली कांग्रेस प्रदेश सभापति राज चालिसे धर्ती बचाउ न सके मात्र मानव जीवनको अस्तित्व कायम रहने बताएका थिए।कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले ‘शान्ति समाजले वातावरण बचाउमा पुर्‍याएको योगदान अतुलनीय रहेको र मेरो फोहोर मेरो जिम्मेवारी अभियानलाई नगरको आदर्शको रूपमा स्थापित गराउने’ बताएका थिए  ।विश्व वातावरण दिवसको अवसर पारेर गोठाटारमा अवस्थित ‘असहाय गाई बाछा संरक्षण अभियान स्थल’ मा वृक्षारोपण समेत गरिएको  थियो  ।

तपाइँको प्रतिक्रिया ।