बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा नयाँ जीवन नेपाल संस्था गोकर्णेश्वर ५लाइ आवश्यक सामग्री प्रदान

बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा नयाँ जीवन नेपाल संस्था गोकर्णेश्वर ५लाइ आवश्यक सामग्री  प्रदान

कपन अनलाइन

काठमाडौं, जेठ २०  । गोकर्णेश्वर नगरपालिका वडा  नं ५ मा रहेको नयाँ जीवन नेपाल संस्थालाइ आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहलमा प्रदेश पूर्वाधार साझेधारी कार्यक्रम अन्तरगत  विनियोजित रकम र गोकर्णेश्वर नगरपालिका वडा नं ५ को सहकार्यमा संस्थालाई आवश्यक उपकरणहरु प्रदान गरिएको हो ।

नयाँ जीवन नेपाल संस्थाले  बौद्धिक अपांगता भएका बालबालिकाहरुलाइ संरक्षण गर्दै आइरहेको छ र उनीहरुको दैनिक जीवन सहजीकरणका लागि  प्रदेश सांसद लामाको पहलमा सामग्री हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा  बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी , वडासदस्यहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।