मायालु पन्छी मेरो : अन्जु चालिसे (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४ ।

छ एक सुन्दर मायालु पन्छी, यो मेरो घरमा
मिठो मिठो कुरा गर्दछ मसंग, आफ्नै स्वरमा
नाम त मैले दिएको ‘कालु’,
उसलाई भनेर
गनगन गर्दै भन्दछ सधैँ,
बोक न मालाई काँधमा
न मेरो भाषा उ बोल्न सक्छ, न म नै सक्दछु
तर पनी हामी भावना हाम्रो, राम्ररी बुझ्दछौ
यताउता उड्दै, चिरीबिरी गर्दै, खुसि जति बाँड्दछ
काँधमा  बसी मायालु बनी, दानाखाँन माग्दछ
मायापनि गर्छ बच्चाले जस्तै, घुर्की पनि लगाउँछ
जुठो र चोखो घीनै नमानी, मुखबाटै खाँदछ
अरु पन्छीलाई  दिदैन आउन, नजिकै मसँग
अधिकार जताउछ एकलौटी आफ्नै, आमाझै सम्झेर
बिहान हुँदै कोठामा आँउछ, मलाई उठाउछ
आमाले जस्तै निधार छुन्छ, तकियामा बसेर
धेरैबेर मलाई नदेखे पछि, हुन्छ ऊ उदास
मलाई नै धेरै गर्दछ माया, आमाले झैँ खास
स–सानादाना चुनेर दिदा, हुन्छ उ फुरुङ्ग
चाँचाँ र चु चु गर्दै नाच्दै उड्दा, मन हुन्छ झन् दङ्ग
रंगी बिरंगी पंखा फिजाउदै, उडदछ परी झैँ
लाग्दछ मलाई कहिले काहिँ, आमा नै आएझैँ
न इर्श्या, राग न द्वेष मनमा पवित्र आत्मा यो
लाग्दछ मलाई कहिले काहिँ त, ईश्वरको आशिर्वाद हो
सुरिलो आवाज, गर्भिलो उडान, खुशीहरु बाड्ने यो
पन्छी त होइन मित्रता बाड्ने, भगवान को दुत नै हो
जाउ न त आफ्नै देशमा भनी, छोडेको पनीहो
फर्केर आयो मलाइ नै सम्झि, मायालु बनी उ
बिरामीभई, खानापानी छोडदा
मन मेरो आत्तिन्छ
आमाले छोडी गएको देखि हृदय काँप्दछ
सहारा मेरो म होइन उस्लाई, उ नै हो सहारा
उ साथ मेरो हुँदछ जब बन्दछ काम पुरा
छ एक सुन्दर मायालु पन्छी, यो मेरो घरमा
नाम त मैले दिएको ‘कालु’,
उस्लाई भनेर

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।