होशियार,अब कर्फ्यु लाग्छ : जर्नादन अधिकारी ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४ ।
म चिच्याई रहेथें
आन्दोलनको बीचबाट
निरङकुशताले
जर्जर भएको देशमा
स्थापित गर्नु थियो
विधिको शासन
सत्ताधारीहरू
कुर्सिको लागि
मानववलीदिन्थे
आन्दोलन
निस्तेज पार्न
अश्रुग्याँस
बम
र बारुदसँग
साट्न खोज्थे जिन्दगी
घमण्डको ज्वालामा
होलिकाजस्तै
होमिदापनि
जलाउन सकेन मलाई
स्वतन्त्रताको निम्ति
मृत्युलाई
अँगालो मारेर
खिचेका तस्वीरहरू
सुरक्षितथिए
यम पुरीमा
छोरोको
बलिदान स्वीकार्न
तयार थिइन्
नेपालआमा
सत्ताधारी
सन्तानको ज्यादतीमा
आजितआमा
मौन थिइन्
विरोधको लागि
आन्दोलनमा
नजाभनिनन्
रोकिनन्
तानिनन्
ढुङ्गा
र मुढा
बम र बारुद
छातीमा बजारिँदा
सहिरहने धर्तीमाता
सन्तानलाई
ममताको
तराजुमा राखेर
निष्ठा
र सत्यताको कसीले
नम्बरी सूनजस्तै
छुट्याई रहिन् आफैँले
कु–नियतिहरू
बारुद सकिएको
बन्दुकबोकेर भाग्दै
चिच्याउदै थिए
होशियार !
अब कर्फ्यु लाग्दै छ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक