गुगलले मनायो नेपालको गणतन्त्र दिवस, भूकम्‍पमा ज्‍यान गुमाएकाप्रति श्रद्धाञ्जली

काठमाडौँ, १५ जेष्ठ – सर्वाधिक लोकप्रिय सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवस २०१५ को अवसरमा नेपाल र नेपालीमा शुभकामना व्‍यक्त गरेको छ।
15052945google_celebatring_Nepal_federal_2015_day_667144438
गुगलले आफ‍्नो अंग्रेजी र नेपाली दुवै भर्सनमा नेपाल गणतन्त्र दिवस २०१५ भन्ने सन्देशसहित तस्बिर राखेको छ। शुक्रबार गुगलको सर्च इन्जिनमा भूकम्‍पबाट क्षतिग्रस्त स्वयम्भू र अर्को मन्दिरको पृष्ठभूमि अगाडि तस्बिरमा मैनबत्ती प्रज्वलित गरेर राखिएको छ। यसकासाथै उसले आफ्नो आधारिक धारणा यू-ट्‍युबमार्फत सार्वजनिक गरेको छ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १० वर्षमा भइसकोमा हाम्रो तर्फबाट सुख, शान्ति र दीर्घायूको  कामना छु, उसले भनेको छ, साथै नेपालमा गत वैशाख १२, १३ र २९ गते को विनाशकारी भूकम्‍पमा ज्‍यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली समेत व्‍यक्त गर्दछौ। हाम्रो मन र मुटु सधै नेपाल र नेपालीसँग रहनेछ। यसका लागि हामीले भूकम्‍पपीडित लागि सहयोगमा हातहरु सधै उठाउनेछौं। उसले भूकम्‍पमा हराइरहेका आफन्त खोज्‍न नेपालीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्‍यक्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।