नवजात शिशु तथा प्रसुती महिलाहरुका लागि इभानाको ‘डिग्निटी किट’

काठमाडौं । राजधानीको चुच्चेपाटीस्थित भूकम्प पीडित अस्थायी रुपमा बसिरहेको शिविरमा मिस नेपाल ईभाना मानन्धर पुगिन् । नवजात शिशु तथा प्रसुती महिलाहरुका लागि संञ्चालन ल्याइएको बाल मैत्री शिविरमा मंगलबार पुगेर उनले एक सय हाराहारीमा डिग्निटी किट वितरण गरिन्।

नेपाल प्रहरी र द हिडन ट्रेजरले संयुक्त रुपमा संञ्चालन गरेको डिग्निटी किट वितरण कार्यक्रममा मिस नेपाल मानन्धरलाई फस्ट रनर अप दिव्यता वैद्य, सेकेन्ड रनरअप मेद्या कोइराला र प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले साथ दिएका थिए । महिलाका लागि महिला जुट्नुपर्छ । एकले अर्कालाई सहयोग गरेर प्रोत्साहित गर्न सक्नुपर्छ भनेर हामी लागि परेका हौं, मिस नेपाल मानन्धर भन्छिन्,अधिकांश ठाँउमा पुग्दा सबैले समस्या सुनाउनु हुन्छ । मेरोतर्फबाट सधैं मनोवल बढाएर प्रोत्साहित गरिरहेको हुन्छु । चुच्चेपाटी पुग्दा अधिकांश महिलाले आफू र साना बच्चाहरुलाई समस्या परेको सुनाएका थिए ।

cd37ed46198bb78c38b3e24a7fc57fa1_Lभूकम्पबाट विस्थापित महिलासूग पीडा बाूड्नकै लागि आफू यसरी हिूडेको उनले बताएकी थिइन् । आगामी पुस चारमा चीनमा हुने मिन वल्र्ड अन्तर्गतको व्युटी विथ प्रपोजुको तयारीमा समेत उनी जुटेकी छिन् । व्युटी विथ प्रपोजमा महिला र बालबालिकाको विषयलाई प्राथमिकता दिने गरेको छ । तत्काल विभिन्न ठाँउमा पुगेर बालबालिका र महिलाहरुको समस्या सुनेर मनोवल बढाउन लागिपरेको छु,उनले भनिन्,व्युटी विथ प्रपोजको लागि अर्को महिनाबाट काम सुरु गर्नेछु ।

तपाइँको प्रतिक्रिया ।