लहरोको जिन्दगी : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७ ।
सबै भन्छन् सानो, ललितलहरो, बेरिएरै बढेको
सबै भन्छन् बाँचोस्, बरु तलतलै, हुन्न राम्रो चढेको
दिएँमैले राम्राकुसुमकसले भन्छ थाक्रो म हालूँ
धुलो मैलो बोक्दै म छु तर यहाँ, छैन कोही दयालु ।
सधैँ मैले बस्ने, सतहतिर हो, छैन उठ्ने उपाय?
सधैँ मैले बाँच्ने, पिलपिल गरी, छैन चिन्ता सिवाय?
सबै मेरा साथी, सरल तल छन्, को छ अग्लो र ठालु ?
बरा सानो भन्ने, पनि छ र कुनै ? छैन कोही दयालु ।
कतै देख्दाअग्ला, भिर र पहरा, बढ्छ अत्त्यास मात्र
कतै देख्दा टाढा, छलक छहरा, चढ्छ उत्साह व्यर्थ
म झाडी हूँ छाडी, बरु सँगसँगै, बस्दछन् बाघ भालु
लुलो मेरो गोडा, असहज सधैँ, छैन कोहीदयालु ।
बनून् बाटा चौडा, तर म थलिँदै, बस्नुपर्ने कुचुक्क
बनून् बस्तीअग्ला, तर म भुइँमै, लुक्नुपर्ने सुटुक्क ।
नदेखी टाढाको, प्रगति कसरी, बन्नु मैले सिपालु ?
ठग्यो स्रष्टाले नै, किन म नभनूँ, छैन कोहीदयालु ।
सबै मेरा साथी, विकलदुनियाँ, दुख्ख भोग्ने झुकेर
सबै मेरा साथी, गरिब विचरा, मर्नुपर्ने सुकेर
बसी पर्खी लत्री, मुखपनि सुक्यो, खै त मान्छे रसालु ?
सधैँ हेप्ने छेक्ने, लयतिर सबै, छैन कोही दयालु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक