चम्पादेवी-७ को अध्यक्षमा नेकपा एमालेका सुरेश थापा विजयी

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ २ ।

ओखलढुंगा  जिल्ला चम्पादेवी गाउँपालिका वडा नं  ७ को अध्यक्षमा नेकपा एमालेका सुरेश थापा विजयी भएका छन।

म्पादेवी गाउँपालिका वडा नं  ७ को अन्तिम मत परिणाम अनुसार वडा अध्यक्ष पदमा निर्वाचित थापाले ३२० मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार विष्णु हरि पोखरेलले २२४ मत प्राप्त गरेका छन।

त्यस्तै सो वडामा नेपाली कांग्रेसका धुर्व कुमार कार्कीले १४३ र नेकपा माओवादी केन्द्रका भिम बहादुर खत्रीले ४ मत प्राप्त गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।