गोकर्णेश्वर ३ मा घर घर पुग्दै नेकपा एमाले वडाध्यक्षका उम्मेदवार मुरारी प्रसाद कुइकेलको टिम

गोकर्णेश्वर ३ मा घर घर पुग्दै नेकपा एमाले वडाध्यक्षका उम्मेदवार मुरारी प्रसाद कुइकेलको टिम

कपन अनलाइन

काठमाडौँ, बैशाख  २५ । स्थानिय निर्वाचन नजिकीदै गर्दा यति बेला सबै दलहरु घर दैलोमा ब्यस्त छन् । बैशाख ११ र १२ गते मनोनय दर्ता सगै स्थानिय तहको निर्वाचनले सबै पार्टीलाई यति खेर जनताको घर आँगनामा पुगेर भोट माग्ने र आर्शिवाद लिने काम तिब्र गतिमा अघि बढेको छ  । यस्तै अभियानमा जुटेका छन  नेकपा एमाले गोकर्णेश्वर ३ बाट वडा अध्यक्षका उम्मेदवार मुरारी  प्रसाद कुइकेल र उनको टिम ।

यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिका  वडा नं ३  मा नेकपा एमालेको  तर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएका मुरारी प्रसाद कुइकेल सहित वडा सदस्यका उम्मेदवारहरु यति बेला घर घर गई आर्शिवार्द सगै भोट मागिरहेका छन  ।लामो समय देखि राजनिति संगै समाजसेवामा  होमिएका कुइकेल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साबिक बलुवा गाबिस वडा नं ५ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । २०५४ पछि पुन २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनको पुनरागमनले गोकर्णेश्वर ३ को राजनीतिक माहोललाई निकै तताएको छ।

शालीन सरलर निरन्तर सक्रिय कुइकेललाइ २०७४ सालको निर्वाचनमा वडा अध्यक्ष पदको उम्मेदवार रहेका जिल्ला कमिटि सदस्य गोकुल बिष्टले परिचालन कमिटिको संयोजकको भूमिकामा साथ दिएका छन भने युवा नेता सुजन पौडेल र भानु पौडेल पनि अभियानको अग्रमोर्चामा रहेका छन ।सबै संग परिचत कुइकेलले वडा नं ३ को पर्यटन पूर्वाधार बिशेष  कृषि योजना लगायतका योजनालाई प्राथमिकतामा राखेर  समग्र वडाको विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका छन ।५ वर्ष जनप्रतिनिधिबाट हुन नसकेका कामदेखि यो बीचमा भएका विसंगति र अनियमितता बाट मुक्त गर्दै वडा बासीको सेवामा अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

अध्यक्षका उम्मेदवार  मुरारी प्रसाद कुइकेल सहित सो वडामा वडा सदस्यको उम्मेदवारको रुपमा सचिन लामा ,बुद्धि बहादुर श्रेष्ठ,  लक्ष्मी भण्डारी , र चित्रमाया बि.क चुनावी मैदानमा रहेका छन।उम्मेदवारहरु वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो अभियानमा रहेका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले नेकपा एमालेका उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार मुरारी प्रसाद कुइकेलले कपन अनलाइनलाइ जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।