बुढानिलकण्ठ नगर प्रमुखको मैदानमा बहुआयामिक विनोद

बुढानिलकण्ठ नगर प्रमुखको मैदानमा  बहुआयामिक विनोद

कपन अनलाइन

काठमाण्डौ , बैशाख २५।

राजनीतिक र सामाजिक रुपमा सक्रिय रही समाज सुधार र सर्वसाधारणको जीवनस्तर उकास्न हरसम्भव लागिपर्ने विनोद चालिसे बहुआयामिक व्यतित्वका धनि हुन्।

चालिसे जति सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील रहे त्यतिनै उनको सक्रियता साहित्य सिर्जना र शिक्षण सिकाइ कर्ममा पनि रह्यो। विनोद चालिसेका विभिन्न परिचयमध्ये साहित्य स्रष्टा पनि एक दरिलो परिचय हो।

चालिसेले साहित्यका विभिन्न विधामा आफ्नो कलम चलाइसकेका छन्। विशेष गरी काव्य कृति, गीतिलेखन र गजल रचनामा दखल राख्ने चालिसेको नेपाली साहित्य जगतमा योगदान रहेको छ भन्दा अत्युक्ति हुँदैन।

उनका “मेरो आँखा नामक कविता संग्रह”, “मनको धुन नामक” गीति एल्बम प्रकाशनमा आइसकेका छन् भने अन्य गीत तथा गजल संग्रह प्रकाशोन्मुख छन्।

गीत तथा गजलका अतिरिक्त उनको कलम सामाजिक र राजनीतिक विषयको चिरफार गर्न र वेथितिविरुद्द सशक्तरुपमा आवाज बनेर गुञ्जिरहेको छ। समसामयीक मुद्दाहरुमा उनीद्वारा लिखित लेख, रचनाहरु विभिन्न पत्रपत्रिका तथा संचारमाध्यमहरुमा प्रकाशित भैरहेका छन्। एउटा प्रसिद्द भनाई छ–”जहाँ पुग्दैनन रवि, त्यहाँ पुग्छन कवि।”

यस भनाईको तात्पर्य घामको किरण समेत पुग्न नसक्ने कुना काप्चा र दुराजसम्म पनि कवि भावनात्मक तहमा पुगिसकेका हुन्छन। सोहि अनुरुप एउटा राजनीतिज्ञ/ जनप्रतिनिधि हरेक ठाउँमा उपस्थित हुनुपर्ने हुन्छ। नेपाली कांग्रेसबाट मेयर पदका उमेद्वार चालिसे कविको मन र जनप्रतिनिधिमा हुनुपर्ने जिम्मेवारी दुवै पक्षबाट उपयुक्त पात्र हुन्।

उनको यो बहुआयामिकताले स्थानिय जनतासँग भावनात्मक तहमा जोडिएर नगर विकासका लागि जिम्मेवार बहन गर्न सक्ने सामर्थ्य राख्नेमा दुईमत हुनै सक्दैन।

त्यसैगरी पेशागत हिसावले एक शिक्षकको रुपमा कार्य गरिसकेका चालिसेले सो पेशामा आफ्नो जीवनको फलदायक १७ वर्ष यस क्षेत्रको शिक्षा सुधारमा लगानी गरे। शिक्षण पेशामा लामो समय व्यतित गरेका चालिसेमा आफु भन्दा फरक मनस्थिति भएका र युवा सोच र उर्जालाई पहिचान साथै कदर गर्न सक्ने पात्र हुन्।

तपाइँको प्रतिक्रिया ।