जोसेफ स्कुलमा स्थानिय निर्बाचनको नमुना निर्वाचन सम्पन्न

जोसेफ स्कुलमा स्थानिय निर्बाचनको नमुना निर्वाचन सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

स्थापना समयदेखि बिध्यार्थीहरुलाई असल सस्कार सहितको सीपमूलक ब्याबहारिक शिक्षा प्रदान गरि आफ्नो छुट्टै स्थान बनाउन सफल जोसेफ जोसेफ स्कुलले बिध्यार्थीहरुलाई यहि २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्बाचनको पुर्ब सन्ध्यामा निर्बाचन सम्बन्धि प्रक्रिया र निर्बाचन प्रणाली, मतदान प्रक्रियाको ब्याबहारिक रुपमै बिध्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने उद्देश्यले आज जोसेफ एजुकेसनल नेटवर्क अन्तर्गत ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल तथा जोसेफ हाई स्कुलमा स्कुल क्याप्टेन र स्कुल भाईस क्याप्टेनको निर्बाचन सम्पन्न गरेकोछ ।

स्थानिय निर्बाचनको मोडलको रुपमा सम्पन्न निर्बाचनमा जोसेफ हाई स्कुल तर्फ स्कुल क्याप्टेनमा पृन्स खड्का र भाईस क्याप्टेनमा अनुपा थापा सर्बाधिक मत सहित बिजयी भएका छन ।

ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल तर्फ स्कुल क्याप्टेनमा भुदेबी रोकाया र भाईस क्याप्टेनमा सुलभ लामा बिजयी भएका छन । उक्त निर्बाचन प्रक्रियामा कक्षा ४ देखि कक्षा १० सम्मका ८०० जना बिध्यार्थीहरु, ७५ जना शिक्षकशिक्षिका तथा ३० जना कर्मचारीहरुले मतदान गर्नु भएको थियो ।

बिजयी बिध्यार्थीहरुलाई बिध्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलाप, योजना बैठक तथा अतिरिक्त क्रियाकलाप बिभागमा पदेन सदस्यको रुपमा मनोनयन गरि बिध्यालयको हरेक निर्णयमा बिध्यार्थीहरुको सकृय सहभागिता गराईने प्रचलन रहेको बारेमा बिध्यालयका प्राचार्य मनोज अधिकारीले बताउनु भयो । निर्बाचन कार्यक्रम जोसेफ अतिरिक्त बिभागले आयोजना गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।