काठमाण्डौ महानगरपालिका वडा नं ७ मा कृष्णमणि भट्टराईको टिम बलियो बन्दै

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा कृष्णमणि भट्टराईको टिम बलियो बन्दै

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा चुनावी सरगर्मी निकै बढेको छ। बैशाख ३० गते हुने निर्वाचनका लागि अहिले राजनीतिक दलका उम्मेदवारहरु घर दैलो कार्यक्रममा रहेका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेका तर्फ बाट वडा अध्यक्ष  उम्मेदवार बनेका कृष्णमणि भट्टराई र उनको टिम पनि अहिले घरदैलो कार्यक्रममा रहेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा विजयी बनेर वडावासीको सेवा गरेका भट्टराई र उनको उर्जावान नयाँ टिमलाई अहिले वडामा निकै न्यानो स्वागत भएको प्रचार समितीका संयोजक उत्तम अधिकारीले बताएका छन।

वडा नं ७ को विकास र समृद्धिका लागि प्रतिवदत्ता सहित घर घरमा पुगेका नेकपा एमालेका उम्मेदवारहरुलाई जनताले स्वागत सहित शुभकामना दिनुका साथै आफ्ना प्रश्नहरु पनि  राखिरहेका छन।

वडा नं ७ को विकास र वडावासीको हित नै आफ्नो मूल उदेस्य रहेको बताउदै अध्यक्ष पदका उम्मेदवार भट्टराईले विगत ५ वर्षमा पुरा गर्न नसकेका कामलाई पुरा गर्ने थप विकास योजना सहित युवा र विद्यार्थी लक्षित कार्यक्रमहरु लागु गर्ने बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।