गोकर्णेश्वर- ९ मा अनुभवी राजिवलाइ सांसदको साथ

गोकर्णेश्वर- ९ मा अनुभवी राजिवलाइ सांसदको साथ

कपन अनलाइन

काठमाडौँ, बैशाख २२। २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित भएर सफलता पुर्वक कार्यकाल सम्पन्न गरेर दोस्रो पटक चुनाबी  मैदानमा  उत्रिएका राजिब थापालाइ वडाबासीले न्यानो स्वागत गरेका छन बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ को बिभिन्न स्थानमा चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित मतदाता संग मत माग्न पुगेका थापाको अभियानमा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले दरिलो  साथ दिएका छन ।

२०७४ सालमा नेपाली कांग्रेस बाट गोकर्णेश्वर  वडा नं ९  को अध्यक्ष  निर्वाचित भए संगै निरन्तर वडावासीको सेवामा सक्रिय रहेका थापाले  वडामा गरेका पूर्वाधार निर्माण ,कोरोना प्रकोपको समयमा खेलेको भूमिका,मानवीय सेवामा सक्रियता जस्ता सकारात्मक पहलका कारण वडामा लोकप्रिय रहेका छन । सालिन र मिजासिला स्वभावका थापाले  आफ्नो नेत्रत्वमा गरेको कामको आधारमा जनताले पुन निर्वाचित गराउनेमा बिश्वास ब्यक्त गर्दै निर्वाचित भएमा  अधुरा रहेका काम पुरा गरि वडालाइ थप सुन्दर र व्यवस्थित बनाउन आफ्नो सक्रिय भूमिका रहने समेत प्रतिवदत्ता व्यक्त गरेका छन।गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवार राजिव  थापा सहित सदस्यहरु  श्रीकृष्ण कारंजित, उमेश चालिसे,  लक्ष्मीदेवी गुरुङ, र  गमला कुमारी परियार चुनाबी मैदानमा रहेका छन   ।

तपाइँको प्रतिक्रिया ।