बुढानिलकण्ठ -७ को मुहार बदलेका बस नारायण महर्जन फेरी मैदानमा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ लाई भौतिक पूर्वाधार विकास र सामाजिक क्षेत्रमा निकै अब्बल र विकसित बनाएका नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार बस नारायण महर्जन दोश्रो पटक चुनावी मैदानमा उत्रिएका छन।
२०७४ सालमा वडा नं ७ को अध्यक्षमा निर्वाचित भएका महर्जनले ५ वर्षमा धीरे ठुला पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिनुका साथै सामुदायिक भवन र रचनात्मक कामहरुलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गरेका छन।
आवासीय क्षेत्र रहेको वडा नं ७ मा सडक पूर्वाधार विकास सहित विभिन्न अभियानहरु संचालन गरेका उनले कोरोना प्रकोपको समयमा पनि निकै सक्रियता पुर्वक वडावासीको सेवा गरेका थिए।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महर्जन खुल्ला सदस्य पदका उम्मेदवार झपड बहादुर कार्की र सावित्री ढकाल ,महिला सदस्य पदका उम्मेदवार राम माया महर्जन र दलित महिला सदस्य पदकी उम्मेदवार अनिता मिजार सहित मैदानमा रहेका छन।