समग्र वडा बिकासका लागि मेरो उम्मेदवारी : सुरज खड्का (कागेश्वरी मनोहरा वडा नं २ )
कपन अनलाइन
काठमाडौं, बैशाख १८ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षका उम्मेदवार सुरज खड्काले चुनावी अभियान शुरु गरेका छन । “तपाईंको एक भोट बिकाश निर्माणमा मेरो अठोट”भन्ने नाराका साथ उम्मेदवारी दिएका वडा अध्यक्षका उम्मेदवार खड्का लामो समयदेखी नेपाली काँग्रेसको राजनितीमा आबद्ध रहेका छन। बिद्यार्थी जीवन देखि नै राजनीतिमा लागेका खड्काले २०६४ सालमा नेपाली कांग्रेसको भात्रृ संगठन तरुण दलको सदस्यता लिदै २०७० साल देखि भने नेबी संघ मार्फत क्षेत्रमा काम गर्दै आएका उनि कागेश्वरी मनोहरा नगरपालिका तरुणदल उपाध्यक्ष र नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को इकाई सभापति हुदै वडा अध्यक्षका उम्मेदवार बनेका छन ।
व्यवस्थापन संकायमा स्नातक गरेका उनले हाल समाजशास्त्रमा स्नातकोत्तर समेत गरिरहेका छन । उनि आफ्नो रचनात्मक सोच र सिर्जनशिल गतिबिधिका कारण लोक प्रिय रहेका छन । समाजसेवामा पनि उत्तिकै रुची राख्ने खड्काले भूकम्प, कोरोना महामारीको लगायतको विषम समयमा भौतिक उपस्थितिमा नै अग्रपंक्तिमा खटेर गरेको सेवा प्रसंसायोग्य रहेको त्यहाका स्थानीय बताउछन । आफ्नो उम्मेदवारी समग्र वडाको विकासमा भएको र त्यसमा पनि युवा र पहुच नभएका जनताका लागि भएको खड्का बताउछन।
वडा नं २ को अध्यक्षमा जनताले मतदान गरि जिताए, शिक्षा, स्वास्थ्य, बिद्युत, महिला सशक्तिकरण, युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने उनि बताउछन । उनले प्राबिधिक तथा उद्यमशिलता शिक्षा, आधुनिक कृषि तथा सिचाँई योजना, सहकारीको संस्थागत विकास र समुदायलाई शशक्त बनाउने प्रतिवद्धता जनाएका छन ।उनले विकास निर्माणका अधुरा कामहरुलाई ५ बर्ष भित्र पुरा गर्ने, ५ बर्ष भित्रमा वडा भित्र शिक्षा , स्वास्थ्य तथा कृषिलाई पूर्ण रुपले विकास गरि नमुना वडा बनाउन लागि पर्ने पनि बताएका छन । ‘वडाको बिकासका लागि अझै धेरै काम गर्न बांकी छ ।’ ती काम र योजनाहरु पूरा गर्ने संकल्पका साथ वडा अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएको उनि बताउछन नमुना वडाको रुपमा बिकास गर्ने ठोस योजना र कार्यक्रमका साथ चुनावी मैदानमा होमिएको बताउँदै खड्काले बिजयी गराउन वडाबासी समक्ष आग्रह समेत गरेका छन् ।