चम्पादेवीका स्वतन्त्र अध्यक्ष उम्मेदवार खेम मिश्रलाई “खरायो”
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १८।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिएका खेम मिश्रले “खरायो” चुनाव चिन्ह पाएका छन।
नेकपा एमाले चम्पादेवी गाउँपालिका अध्यक्ष रहेका मिश्रले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए।
पार्टी विभाजन भएको निकै कठिन अवस्थामा आफुले संगठन र समग्र पार्टी बचाउदा पनि उचित मुल्यांकन नभएको भन्दै विद्रोह गरेको बताउने मिश्रले अव खरायो चुनाव चिन्ह बोकेर जनताको घरदैलोमा पुग्ने जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।