लिखु गाउँपालिकामा मिलन विष्टको उमेद्वारी कायमै, दोहोरो नागरिकता लिएको ठहरिएन

कपन अनलाइन

काठमाण्डौ , बैशाख १६ ।

ओखलढुंगाको लिखु गाँउपालिकामा एमालेका उम्मेद्धार मिलन बिष्ट विरुद्ध परेको उजुरी खारेज गर्दै निर्वाचन आयोगले उम्मेद्धारी कायम गरेको छ ।

एमालेका उमेद्वार विष्ट विरुद्ध कांग्रेसका उमेद्वार अशोक कार्कीले दाहोरो नागरिकता लिएको र कर्जा सूचना केन्द्रमा उनको नाम कालोसुचीमा रहेको दावी गर्दै दिएको उजुरी निर्वाचन आयोगले सत्य नठहरिएपछि खारेज गरेको हो ।

अध्यक्षका उम्मेद्धार बिष्ट विरुद्ध कांग्रेसबाट लिखु गाउँपालिको उम्मेद्धार समेत रहेका कांग्रेस नेता अशोक कार्कीले दोहोरो नागरिकता लिएको र कालोसुचिमा नाम रहेकोले उम्मेद्धारी खारेजीको माग सहित वैशाख १३ गते उम्मेद्धारी दर्ता गराएका थिए ।

उजुरी उपर छानबिन र सोधपुछ गर्दा बिष्ट कसुरदार नठहरिएको र दोहोरो नागरिकता लिएको समेत यकिन गर्नसक्ने अवस्था नरहेकाले
छानविनपछि कानुन अनुसार हुनेगरी हाललाई उम्मद्धारी कायम राखिएको बताउदै  लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले उम्मेद्धार बिष्टले अब चुनावी गतिविधि अघि बढाउन सक्ने बताएका छन  ।

एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेद्धार विष्टले भने आफु विरुद्धको उजुरी तथ्य र सत्यमा आधारित नभई राजनीतिक जालसाँझीका लागि भएको बताएका छन् । जनता भ्रमको पछि नलाग्ने भन्दै उनले अब आफु चुनावको तयारीमा नयाँ जोस र थप उर्जाका साथ जुटेको बताएका छन् । विष्टले आफ्नो लोकप्रियताबाट कांग्रेस अतालिएर झुटा आरोप लगाएको तर्क गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।