बुढानिलकण्ठ -१२ मा नेकपा एमालेका विपक्षीहरुको सातो उडाउने विशाल र्याली

बुढानिलकण्ठ -१२ मा नेकपा एमालेका विपक्षीहरुको सातो उडाउने विशाल र्याली

कपन अनलाइन

काठमाण्डौ , बैशाख १६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमालेले विशाल र्याली सम्पन्न गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुखका उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको उपस्थितिमा भएको र्यालीमा  वडा नं १२ का स्थानीयहरुको विशाल उपस्थिति रहेको थियो।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ -१२ मा वडा अध्यक्षका उम्मेदवार शम्भु प्रसाद भट्टराई,महिला सदस्यका उम्मेदवार ईश्वरी भट्टराई ,दलित महिला सदस्यका उम्मेदवार मिना बयलकोटी र खुल्ला सदस्यका उम्मेदवार डिल्ली प्रसाद खतिवडा र शान्ता ढकाल (पुडासैनी ) को सहभागितामा भएको रर्यालीमा वडाका सबै टोलबाट नेता ,कार्यकर्ता ,शुभचिन्तक ,समर्थक सहित स्थानीयहरुको स्वत स्फुर्त उपस्थिति रहेको थियो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाका सबै जनप्रतिनिधि जितेको नेकपा एमालेले यस पटक ५ वर्ष गरेको कामका आधारमा मत माग्ने बताउदै वडा अध्यक्षका उम्मेदवार शम्भु प्रसाद भट्टराईले सहयोगका लागि सबैमा अपिल गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।