बुढानिलकण्ठ नगरपालिकाका कुन वडामा कति छन मतदाता ? ( मतदान केन्द्रको सुची सहित )

कपन अनलाइन

काठमाण्डौ , बैशाख १६ ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि बुढानीलकण्ठ नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले १९ वटा मतदान स्थलहरुमा ५३ वटा केन्द्रहरु चयन गरेको छ ।

जस मध्य वडा नं २, ३, ८, १०, ११ र १३ मा दुई-दुई वटा मतदान स्थलहरु छन् भने अन्य वडाहरुमा एक-एक वटा मात्र स्थलहरु सञ्चालन हुने छ।

अब हुने चुनाबलाई विवाद र अबरोध रहित ढंङ्गले सञ्चालन गर्नको लागि तिव्र रुपमा तयारी भईरहेको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो।

बूढानीलकण्ठ नगरपालिमा निर्वाचनको लागि १३ वटै वडाका उम्मेद्वारहरुले मनोयन दर्ता गराईसकेका छन् ।

कुन-कुन वडामा कति जना मतदाताहरु छन् ?

वडा नं ०१ः २०९५ (मतदाता )

     मतदान स्थलः भद्रकालि माध्यमिक विद्यालय

वडा नं ०२ः ३३८६(मतदाता )

     मतदान स्थलः (१२१४ उपस्वास्थ्य चौकि चपलि, २१७२ साविक गा.वि.स. भवन)

वडा नं ०३ः २६४९(मतदाता )

     मतदान स्थलः (१६८९ नारायणस्तान सत्तल , ९६० घ्रुवतारा स्कुल चपलि)

वडा नं ०४ः ३०४७ (मतदाता )

     मतदान स्थलः श्री राम माध्यमिक विद्यालय पासिकोट

वडा नं ०५ः

     मतदान स्थलः १८७१ विष्णु पादुका मंदिर

वडा नं ०६ः

    मतदान स्थलः २५३८ भद्रकालि प्राथमिक बिद्यालय

वडा नं ०७ः 

    मतदान स्थलः २३०४ (मतदाता )

(पान चोक भवन)

वडा नं ०८ः

   मतदान स्थलः ४८७२ (२७९९ जगन्नाथ मंदिर, १९८३ महांकाल जनजाग्रिति बिद्यालय)

वडा नं ०९ः ३७५४(मतदाता )

   मतदान स्थलः शान्ति बाटिका छत्रबास विद्यालय

वडा नं १०ः ८१७१(मतदाता )

   मतदान स्थलः (३७८० नेपाल चार्टर स्कुल, ४३९१  बाल उद्दार माध्यमिक विद्यालय )

वडा नं ११ः ५०५२(मतदाता )

   मतदान स्थलः (३२०७ ग्राम शिक्षा माध्यमिक विद्यालय, १८१८ यग्यमति माध्यमिक विद्यालय)

वडा नं १२ः ४९६४(मतदाता )

   मतदान स्थलः उसु डोजो क्वान फैका

वडा नं १३ः ३७१८(मतदाता )

   मतदान स्थलः (११५२ जन उद्दार माध्यमिक विद्यालय, २५६६ नौलिन माद्यमिक विद्यालय) 

तपाइँको प्रतिक्रिया ।