गोकर्णेश्वर युवा जागरण क्लब (GFG) गोकर्णेश्वर ४ द्वारा आयोजित स्नुकर प्रतियोगिता आज बाट शुरु

कपन अनलाइन

काठमाडौँ,बैशाख १४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा  आयोजित स्नुकर प्रतियोगिता आज बाट शुरु भएको छ। कान्ति भैरब जात्राको अवसरमा आयोजित सो प्रतियोगितामा  वडा भित्र बसोबास गर्ने करिब २६ जनाको सहभागिता रहेको   उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो  ।

गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष विकेश श्रेष्ठको अध्यक्षता भएको उद्घाटन सत्रमा खेलाडी र रेफ्री सहित खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशे स्थित मामाघर होमस्टे एण्ड एडभेन्चर रिसोर्टमा रहेको स्नुकर हाउसमा शुरु भएको उक्त प्रतियोगितामा बिजेताले नगद पुरस्कार रु १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु ७ हजार सहित ट्रफी मेडल सहित प्रमाण पत्र प्राप्त गर्नेछ ।त्यसै गरि हाईएस्ट ब्रेकर  सेन्चुरी ब्रेकर र बेस्ट प्लेयरले  समेत ट्रफी पाउने आयोजकले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।