बुढानिलकण्ठमा एमाले उम्मेदवार : सरल र मिलनसार मिठाराम अनेक आयाममा अनिता

कपन अनलाइन

काठमाडौँ, बैशाख १३ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले प्रमुख पदमा मिठाराम अधिकारी र उपप्रमुख पदमा अनिता लामालाई उम्मेदवार बनाएको छ।

धेरै अनुमान ,आशंका र आंकलन विपरित अधिकारी र लामा बुढानिलकण्ठ नगरपालिकाको नेतृत्वका लागि नेकपा एमालेका तर्फ बाट उम्मेदवार बनेका हुन्।

मिलनसार र अविरल सक्रिय योद्दा मिठाराम अधिकारी:

मिठाराम अधिकारीको नाम आउँदा धेरैको मानसपटलमा एउटा चित्र बन्ने गरेको छ ,निरन्तर सक्रिय र मिलनसार जनप्रतिनिधि , निस्वार्थ  समाजसेवी र सरल  नेता।

पंचायतकाल देखि नै प्रजातन्त्र र परिवर्तनका लागि लागेका अधिकारी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साविक कपन गाविसको अध्यक्षमा पराजित भए पनि निरन्तर एउटा अशल नेताका रुपमा जनताको सेवामा रहदै २०५४ सालको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

जनप्रतिनिधिमा निर्वाचित भए संगै कपनलाई रोजाइको  आवासीय क्षेत्र बनाउन सफल अधिकारीले सिमित श्रोत र साधनका बावजुद पनि आफ्नो गाविसलाई प्रभावशाली रुपमा स्थापित गरेका थिए।

अहिले २०५४ सालका सफल जनप्रतिनिधि अधिकारी बुढानिलकण्ठ नगरपालिकाको नेतृत्व सम्हाल्ने दौडमा रहेका छन। साना पारिवारिक उत्सव देखि जटिल सामाजिक मुद्दाहरु  सम्म निकै गम्भीर र चासोपूर्वक लिने गरेका उनलाई सरल ,सहज र नाम जस्तै मिठासपूर्ण व्यवहारका धनि नेताका रुपमा चिन्ने गरिन्छ।

अनेक आयाममा अनिता  :

नेपाल मेडिकल काउन्सिलमा उपसचिव स्तरको प्रसासन प्रमुखको जागिर छोडेर बुढानिलकण्ठवासीको सेवामा होमिएकी उपप्रमुख पदकी उम्मेदवार अनिता लामाको राजनीति संगै विविध आयाममा परिचय रहेका छन।

कर्मचारी , कवीयत्री , अभियन्ता र अधिकारकर्मीका रुपमा आफ्नो पहिचान स्थापित गरेकी लामा अहिले राजनीतिक यात्राको फरक जिम्मेवारीका लागि मैदानमा उत्रिएकी छन।

नेपालको साहित्यिक विकास र प्रवर्धनमा विभिन्न आयामहरु मार्फत आफ्नो फरक पहिचान बनाएकी लामा सामाजिक रुपान्तरण र मानव अधिकारको क्षेत्रमा पनि लामो समयदेखी सक्रिय रहदै आएकी छन।

पार्टी जीवनमा युवा संघ नेपालको केन्द्रीय जिम्मेवारीमा रहदा रहदै काठमाण्डौ क्षेत्र नं ५ को सचिवका रुपमा भूगोलको नेतृत्व गरेकी उनले शाखा र सेल स्तरबाट नै संगठन निर्माणमा योगदान दिएकी छन।

रोजगार,सपना र  संगठनलाई कुशलता पुर्वक समानान्तर रुपमा अगाडी बढाएकी लामाका विविध आयामहरुका अनुभव नेकपा एमालेको अभियानमा पनि फलदायी हुने देखिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।