शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४ ।

सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो (मंगलबार) बसेको बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।त्यस्तै सरकारले जेठ १ गतेदेखि लागू हुनेगरि बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।