नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं  ४ प्रदेश ख मा निर्वाचन समिति गठन

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्रनं  ४ प्रदेश ख मा निर्वाचन समिति गठन भएको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्रनं  ४ प्रदेश ख का  सभापति रामप्रसाद लुइँटेलको नेतृत्वमा उपसभापति श्याम श्रेष्ठ, दितीय खत्री, सचिव मनोज सिग्देल, अम्बिका राना, कोषाध्यक्ष शर्मिला कार्की, सहसचिव मदनदास श्रेष्ठ लगायत रहेको निर्वाचन समिती गठन गरिएको हो ।

त्यसैगरी प्रदेश सचिव एवं युवा नेता मनोज सिग्देलको संयोजकत्वमा ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन भएको छ भने प्रदेश कोषाध्यक्ष शर्मिला कार्कीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ ।

नेपालीकांग्रेसलाई विजयी बनाउन व्यापक प्रचारप्रसारमा लाग्ने बता उदै प्रदेस सचिव मनोज सिग्देलले सबै पदाधिकारी, सदस्यलाई समितिमा राखेर अभियानमा लाग्ने जानकारी दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।