चम्पादेवी -६ को उम्मेदवारमा नेकपा एमालेका लोकप्रिय नेता ऋषि न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४ ।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेका लोकप्रिय नेता ऋषि न्यौपाने उम्मेदवार बनेका छन।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले न्यौपानेलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको हो।लामो समय देखि सो क्षेत्रमा सामाजिक र राजनीतिक रुपमा सक्रिय रहेका न्यौपानेले  शैक्षिक क्षेत्रमा पनि उतिकै योगदान पुर्याएका छन।

सो क्षेत्रको पुरानो र महत्वपूर्ण विद्यालय ज्ञानप्रकाश मावीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका न्यौपानेलाई वडा नं ६ मा निकै बलियो उम्मेदवारका रुपमा हेरिएको छ।

तपाइँको प्रतिक्रिया ।