“कपन” ताक्दै नेपाली कांग्रेस बिनोद चालिसे की राजाराम बुढाथोकी ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२ ।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका लागि नेकपा एमालेले मिठाराम अधिकारीलाई उम्मेदवार बनाउने सम्भावना बढे संगै नेपाली कांग्रेसमा पनि कपन बहस तीव्र बनेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न केहि घण्टा मात्र बाँकी रहेको अवस्थामा नेपाली कांग्रेस अन्तिम निर्णय गर्ने तयारीमा पुग्दा कपन क्षेत्र बाट नै उम्मेदवार बनाउने वारेमा छलफल तीव्र बनेको नगर समितिका एक पदाधिकारीले बताएका छन।

नेपाली कांग्रेसमा कपन क्षेत्रबाट नगर प्रमुख पदको उम्मेदवार बनाउने छलफल भैरहदा अहिले वडा नं ११ का बिनोद चालिसे र राजाराम बुढाथोकीको नाममा बहस भैरहेको श्रोतले जानकारी दिएको छ।

महाधिवेसन प्रतिनिधि चालिसे र नगर सभापति बुढाथोकी संगै नेपाली कांग्रेसका एक दर्जन बढी नेता नगर प्रमुख पदको दौडमा रहेका छन।

तपाइँको प्रतिक्रिया ।