ओखलढुंगा लिखु गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेमा बिद्रोह , स्वतन्त्र टिम मैदानमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२ ।

ओखलढुंगा लिखु गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेमा बिद्रोह भएको छ । नेपाली कांग्रेसका जिल्ला नेता राजन सुबेदी र नेकपा एमालेकी गाउँ पालिका कमिटी उपाध्यक्षले बिद्रोह गर्दै टिम सहित स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन।

आईतवार गाउँपालिकाको अध्यक्षमा राजन सुवेदी र उपाध्यक्षमा शुभद्रा कटवालले स्वतन्त्रवाट उमेद्वारी दर्ता गराएका हुन् ।स्वतन्त्रवाट गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका राजन सुवेदी नेपाली कांग्रेसका जिल्ला नेता हुन् ।

त्यस्तै स्वतन्त्रवाट गाउँपालिकाको उपाध्यक्ष पदमा उमेदवारी दिएकी  शुभद्रा कटवाल  नेकपा एमाले लिखु गाउँपालिका कमिटिका निर्वाचित उपाध्यक्ष हुन् । कटवालले  नेकपा एमालेको कुनै पनि पदमा नरहने गरि अध्यक्षलाई राजिनामा दिएर पालिकाको उपाध्यक्ष पदमा उमेदवारी दिएकी छन  ।

पार्टीले स्थानीय तहको निर्वाचनमा जनताले चाहेका मान्छे नभई पैसा, बल र शक्तिका आधारमा राजनिती गर्दै आएकालाई टिकट दिएकोले  सिमित मान्छेको घेरामा रहेर फुर्ति र घमण्ड गर्ने नेताहरुलाई पाठ सिकाउन आफूहरुको स्वतन्त्रवाट उमेदवारी दिएको उनीहरुले बताएका छन।

स्वतन्त्र उमेदवारसँगै आईतवार लिखु गाउँपालिकामा अध्यक्षमा दुईजना, उपाध्यक्षमा २ जना, वडा अध्यक्षमा ३ जना र वडा सदस्यमा ३ जना गरि १० जनाले उमेदवारी दर्ता गराएका छन् ।

एमालेको तर्फवाट समेत आईतवार नै उमेदवारी दर्ता भएको भएपनि कांग्रेस, माओवादी र एकिकृत समाजवादी विच भैरहेको गठबन्धन बीचको छलफलका कारण शोमबार मात्र उमेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।