अरुणिमा शैक्षिक प्रतिष्ठानको ३७ औँ स्थापना दिवस सम्पन्न

 अरुणिमा शैक्षिक प्रतिष्ठानको  ३७ औँ स्थापना दिवस विशेष समारोहका विच शनिबार सम्पन्न भएको छ ।
सो समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका  सामाजिक व्यक्तित्व तथा प्रतिष्ठानमा २० वर्षभन्दा बढी समय कुशलतापूर्वक कार्यसम्पादन गरी व्यतित गर्नुहुने शिक्षक तथा कर्मचारीहरूलाई अभिनन्दन गरिएको थियो ।
प्रतिष्ठानका  संस्थापक अध्यक्ष  बुद्धिबहादुर थापाको सभापतित्वमा सञ्चालित समारोह कामनपा—६, बौद्धस्थित अरुणिमा माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद्, भाषाविद् तथा समालोचक प्रा.डा. अभि सुवेदीले प्रतिष्ठानले शैक्षिक उन्नयनका क्षेत्रमा पुर्याएको  योगदानप्रति गौरवभाव प्रकट गर्दै सम्मानित व्यक्तित्वहरूको प्रशंसा गरेका थिए ।
प्रतिष्ठान सञ्चालक समिति सदस्य तथा अरुणिमा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष  भीमानन्द ढुङ्गानाले स्वागत मन्तव्य तथा अभिनन्दित व्यक्तित्वहरूप्रति सम्मानभाव प्रकट गर्दै सुरु भएको कार्यक्रममा साहित्यकार श्री विजय चालिसे, प्रतिष्ठान सञ्चालक समिति सदस्य तथा अरुणिमा शिक्षा सदन मा. वि. व्यवस्थापन समितिका अध्यक्ष  बटु प्रसाद  न्यौपाने लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।
समारोहमा मन्तव्य प्रस्तुत गर्दै कार्यकारी प्रिन्सिपल  ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानको स्थापनाकालदेखि हालसम्मका समग्र गतिविधिहरू प्रस्तुत गर्नुका साथै उनले  प्रतिष्ठानले २०६३ सालदेखि ज्येष्ठ नागरिक, सामाजसेवी, साहित्यकार एवम् शिक्षासेवीहरूलाई तथा २०६६ सालदेखि प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई दीर्घसेवा सम्मान तथा अभिनन्दन गर्दै आएको समेत जानकारी गराएका थिए  ।
सो  समारोहमा लक्ष्मी चालिसे—अरुणिमा छात्रवृत्ति कोषका संस्थापक तथा योगदानकर्ता द्वय  विजय चालिसे र  महेन्द्र  चालिसे, अग्निशिखा—अरुणिमा छात्रवृत्ति कोषका संस्थापक तथा योगदानकर्ता  ललिता नेपाल, पशुपतिराज/मृगेन्द्र् कुमारी छात्रवृत्ति कोषका संस्थापक द्वय प्रा.डा. चैतन्य मिश्र र प्रा .डा. मीरा मिश्र तथा शैलेन्द्र कुमार सिंह,अरुणिमा रिफरेन्स पुस्तकालय स्थापनामा महत्त्वपूर्ण योगदान गर्नुहुने  श्रेया सिंह अभिनन्दितभएका थिए  ।
यसै गरी प्रतिष्ठानमा कार्यरत शिक्षक  हरि शरण लटौला,  रञ्जिता देवी (कर्ण), कर्मचारी  योगनाथ ढुङ्गाना तथा  धन बहादुर लामा २० वर्षे दीर्घसेवा सम्मानबाट अभिनन्दित भएका थिए ।
करिव  २ सय भन्दा बढी व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त समारोहको सञ्चालन अरुणिमा मा.वि.का शिक्षक  अच्युत घिमिरेले गरेका थिए  ।
तपाइँको प्रतिक्रिया ।