नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) को निर्वाचन केन्द्रित कार्ययोजना सार्वजनिक

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) को  निर्वाचन केन्द्रित कार्ययोजना सार्वजनिक

कपन अनलाइन
काठमाण्डौ ,वैशाख ४।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) ले   निर्वाचन केन्द्रित कार्ययोजना सार्वजनिक गरेको छ।

बैशाख ३ गते बसेको  नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख )  को पूर्ण बैठकले बैशाख ३० गते हुने निर्वाचनका लागि कार्यकर्ता तथा क्रियाशील सदस्य परिचालनका लागि जिम्मेवारी तोक्दै कार्ययोजना सार्वजनिक गरेको हो।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य दिव्यमणि राज भण्डारी , बागमती प्रदेसका प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ , प्रदेस समिती सदस्य सानु श्रेष्ठ ,रेखा परियार , जिल्ला सचिव इन्द्र बहादुर थापा ,क्षेत्रीय सभापति श्याम कृष्ण संगत ,सचिव दामोदर भट्टराई ,कोषाध्यक्ष राम बिनोद लामिछाने, नगर सभापति राजाराम बुढाथोकी  सहित नगर तथा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको पूर्ण बैठकले विभिन्न नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरेको छ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) का सभापति राम प्रसाद लुइँटेलको अध्यक्षतामा भएको सो बैठकले विसु केसीलाई सल्लाहकार संयोजकमा मनोनयन गरेको छ भने १७ जनालाई सदस्यमा मनोनित समेत गरेको छ।

निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित रहेको सो बैठकले ९ वटा विभाग समेत गठन गरेको छ जसमा क्षेत्र ४ ( ख ) का सचिव मनोज सिग्देललाई विकास निर्माण विभागको संयोजक , दिलिप खत्रीलाई युवा तथा खेलकुद विभाग संयोजक ,शर्मिला कार्कीलाई स्वास्थ्य विभाग संयोजक र नारदमणि भण्डारीलाई कला ,संस्कृति तथा भाषा संरक्षण विभाग संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

के छ निर्वाचन केन्द्रित कार्ययोजनामा ?   

तपाइँको प्रतिक्रिया ।