पार्टीलाई जिताउन म वडा अध्यक्षको रेस बाट ब्याक भए : श्रीकृष्ण श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

बुढानिलकण्ठ नगरपालिकाका ११ वडामा वडा अध्यक्ष जितेको नेकपा एमालेका ९ वडा अध्यक्षले दोश्रो कार्यकालका लागि दावी पेस गर्दा वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले भने दावी नगरी रेस छोडेका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव रहेका श्रेष्ठले वडा कमिटीले आयोजना गरेको दावेदारहरु विचको छलफलमा व्यक्ति भन्दा पार्टी प्रधान भएकोले आफ्नो उम्मेदवारी ठुलो नभएको भन्दै युवा पुस्तालाई अगाडी बढाउन दावी छोडेको बताएका थिए।

केवल ६०  महिनाको आफ्नो कार्यकालमा चुनिखेलको भौतिक पूर्वाधार विकास र आर्थिक समृद्धिमा कोशेढुंगा सावित हुने किसिमका महत्वपूर्ण काम गरेका श्रेष्ठले कपन अनलाइन संगको कुराकानीमा अवका दिनमा नगरपालिकामा नेकपा एमालेलाई जिताउन सम्पूर्ण शक्ति र सामर्थ्य लगाउने बताएका छन।

वडा नं १३ को मुहार बदल्ने गरी विकास निर्माण र बजेट व्यवस्थापन गर्दा पटक पटक पार्टी भित्र र बाहिरबाट विभिन्न कसिमका प्रचार र कुप्रचारको सामना गरेका श्रेष्ठले पुन एक पटक त्याग र समर्पणको नमुना पेस गरेको एक नगर कमिटी सदस्यले बताएका छन।

अन्य वडाका जनाप्रतिनिधिहरुले जस्तै पुन दोहोराउन मरिहत्ते गरेको भए उनि नै उम्मेदवार बन्ने प्रवल सम्भावना हुँदा हुँदै पनि वडा अध्यक्ष उम्मेदवारको रेसबाट श्रेष्ठ बहिरिनु अनुकरणीय घटना भएको ति सदस्यको भनाई रहेको छ।

बुढानिलकण्ठ नगरपालिकाका १३ वडा मध्ये पूर्वाधार विकासमा पछाडी रहेको वडा नं १३ लाई विकसित र आवासीय स्थानको लागि रोजाईको वडा बनाउने अभियानको नेतृत्व गरेका श्रेष्ठले विकास निर्माण र मानवीय विकासलाई प्राथमिकतामा राखेर सधै वडावासीको हितमा कम गरेको बताएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।