शुभकामना स्कुल गोकर्णेश्वर ४ को ट्यालेन्ट शो सम्पन्न

शुभकामना स्कुल गोकर्णेश्वर ४ को  ट्यालेन्ट शो सम्पन्न

कपन अनलाइन

काठमाडौँ,बैशाख ४  । गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीमा संचालित शुभकामना स्कुलले ट्यालेन्ट शो सम्पन्न गरेको छ।  बुधबार नया बर्षको २०७९ को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत रहेका थिए।  बिधालयका प्रिन्सिपल सुमित्रा धिमालले अध्यक्षता गरेको कार्यक्रममा  अभिभावक सहित शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

बिधालयका संचालक प्रकाश अधिकारीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महतले बाबुनानीको प्रतिभाको कदर गर्दै उनीहरुको सर्वांगिण विकासमा अतिरिक्त क्रियाकलाप आवश्यक भएको बताएका थिए ।उनले शुभकामना स्कुललाइ नजिक बाट नियालिरहेको हुँदा अभिभावकहरु पनि सन्तुष्ट रहेको आफुले पाएको बताएका थिए ।उनले बिधालय संचालक प्रकाश अधिकारीको शैक्षिक अनुभब र क्रियाशीलताले बिद्यालयलाइ छोटो समयमा नै उचाईमा पुर्याएको बताउदै बिधालयको शैक्षिक बिकासका लागि व्यक्तिगत र वडाको तर्फ बाट सकारात्मक सहयोग गर्न तयार रहेको बताएका थिए।

कार्यक्रममा बिद्यार्थीहरुले गायन, नृत्य ,फेसन शो लगायतका बिभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा बिधालयका प्रिन्सिपल सुमित्रा धिमालले बालबालिकाको चौतर्फी बिकासमा  बिध्यालय लागि परेको बताएकी थिइन । उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया ।