बुढानीलकण्ठबाट दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

बुढानीलकण्ठ नगरपालिका वडा नं ८ गल्फुटारको पूर्वपश्चिम गेस्ट हाउसबाट प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका उनीहरुले ‘द नर्थ फेस’ लेखेको नीलो र कालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्री वितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।