गोकर्णेश्वर  नगरपालिका वडा नं २ मा मोबाइल मर्मत तालिम शुरु

कपन अनलाइन

काठमाडौँ,बैशाख ४ । गोकर्णेश्वर  नगरपालिका वडा नं २ मा मोबाइल मर्मत तालिम शुरु भएको छ ।  वडा संगको सहकार्यमा नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर  ६ द्वारा आयोजित उक्त तालिमको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन भएको हो । नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रका अध्यक्ष रमेश ढुंगानाको अध्यक्षतामा भएको उक्त मोबाइल मर्मत तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक अभियन्ता उत्तम पुडासैनी रहेका थिए भने बिशेष अतिथिको रुपमा समाजसेवी प्रेम श्रेष्ठ समाजसेवी प्रमिला खड्का पण्डित, कार्यक्रम संयोजक देविका  शर्मा राजोपाध्याय, समाजसेवी राजकृष्ण श्रेष्ठ वडा सचिब प्रशिक्षक दिलकुमार तामाङ  लगायत आयोजक संस्थाका पदाधिकारी सहित प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन कर्मचारी केदार नेपालले गरेका  थिए । तालिममा २० जना युवाहरुको सहभागिता रहेको छ ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सामाजिक अभियन्ता उत्तम पुडासैनीले मैन बत्ति बालि उद्घाटन गरेका थिए ।कार्यक्रम संस्थाकी सदस्य एबम कार्यक्रम संयोजक देविका  शर्मा राजोपाध्याय स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन  । कार्यक्रममा समाजसेवी प्रेम श्रेष्ठ, प्रमिला खड्का पण्डित, राजकृष्ण श्रेष्ठ लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सामाजिक अभियन्ता उत्तम पुडासैनीले  कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै  भौतिक विकासमा मात्र नभएर व्यक्तिको सीप र मानसिक विकासका लागि पनि काम गर्नु पर्नेमा जोड दिएका थिए । उनले शिप भए विदेश जानु नपर्ने स्वदेशमै केहि गर्न सकिने बताए । उनले  उनले सिकेका शिप व्यवहारमा लागु गर्न पनि अनुरोध गरेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै संस्थाका अध्यक्ष रमेश ढुंगानाले बेरोजगार युवाहरुलाई व्यवसायिक सीपका माध्यमबाट मर्यादित रोजगारीमा जोड्ने उद्देश्यले मोबाइल फोन मर्मत तालिम सञ्चालन गरेको बताए । उनले प्रशिक्षार्थीहरुलाई राम्रो संग सिक्न अनुरोध  गरेका थिए ।मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि  खुशी र स्वस्थ  भए मात्र समाज स्वस्थ हुने बताउदै स्वस्थ समाज निर्माणको लागि नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले   कार्यक्रम गर्दै आएको जानकारी दिदै आगामी दिनमा पनि थप कार्यक्रम गर्ने बताए।

तपाइँको प्रतिक्रिया ।