भुकम्पका कारण आज पनि नुवाकोटमा एक को मृत्यु

भुकम्पका कारण आज पनि नुवाकोटमा एक को मृत्यु

२८ वैशाख, नुवाकोट ।भुकम्पको कारण भत्किएको घरभित्रवाट अन्न झिक्न खोज्दा घरको ढुङ्गा खसेर आज बिहान नुवाकोटमा एक महिलाको मृत्यु भएको छ ।

bhukamp320_092513035534
जिल्लाको तलाखु गाविस वडा नम्बर–८ की सानुकान्छी तामाङ्गको घरभित्रै चेपिएर मृत्यु भएको हो । भत्किएको घरभित्रबाट धान निकाल्न गएकी तामाडको बोरा तान्दा माथिबाट ढुङ्गा खसेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।