एकद्वार प्रणाली लागु गर्न अर्थ समितिको निर्देशन

एकद्वार प्रणाली लागु गर्न अर्थ समितिको निर्देशन

२८ वैशाख, काठमाडौं । व्यबस्थापिका संसद्को अर्थ समितिले राहत वितरणमा अनियमितता गर्ने कर्मचारीलाई र कालोबजारी गर्ने ब्यापारीलाई कारवाही गर्न निर्देशन दिएको छ । ढिला सुस्ती गरि बदनियत राख्ने कर्मचारी, कालोबजारी गर्ने ब्यापारीलाई कडा कारवाहीको दायरामा ल्याउन समेत समितिले निर्देशन दिएको हो । प्रक्रियाको बहानामा पीडितले समयमा राहत नपाएको भन्दै त्यसलाई प्रभावकारी बनाउन एकद्वार प्रणाली लागु गर्न पनि समितिले निर्देशन दिएको छ ।
sarvajanik-lekha-samiti-baithak

त्यसैगरी अहिलेसम्म भित्रिएको सहयोगको बारेमा जान्न पाउनु पर्ने भन्दै सरकारसँग प्राप्त सहयोगको विवरण माग्ने पनि निर्णय गरेको छ ।

अर्थ समितिले २७ र २८ गते भुकम्पले पारेको मानवीय तथा भौतिक क्षति बारे छलफल गरेको थियो ।।

तपाइँको प्रतिक्रिया ।