जगडोल शहिद पार्क देखि भन्ज्याङ  सम्मको सडक विस्तार कार्यका लागि शिलान्यास

जगडोल शहिद पार्क देखि भन्ज्याङ  सम्मको सडक विस्तार कार्यका लागि शिलान्यास

कपन अनलाइन

काठमाडौँ, चैत्र २६  । गोकर्णेश्वर नगरपालिका वडा नं ३  जगडोल शहिद पार्क देखि भन्ज्याङ  सम्मको सडक विस्तारको लागि शिलान्यास गरिएको छ ।  गोकर्णेश्वर नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बार्षिक योजनामा अन्तरगत करिब  २ करोड रुपैयाको लागतमा विस्तार गरिन लागेको सो बाटोको आज एक कार्यक्रमका बीच नगर प्रमुख सन्तोष चालिसेले  शिलान्यास  गरेका हुन ।

 उपभोक्ता समितिका अध्यक्ष जन्जित केसीको अध्यक्षतामा भएको सो बाटो विस्तार कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र   कुमार भण्डारी,  नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,समाज सेवी श्याम श्रेष्ठ, रामराज थापा ,जयराम बिष्ट    सहित सरोकारवाला स्थानीयहरुको सहभागिता रहेको थियो ।

बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सिमानामा पर्ने सो बाटो विस्तारको लागि गोकर्णेश्वर नगरपालिकाले बजेट बिनियोजनगरि हाल   ८ मिटर चौडा पार्न लागिएको हो । सो बाटो  निर्माण गर्दा ढल समेत राखिने र साबिक घर भएको ठाउँमा अहिलेलाई रेखांकन मात्र गर्ने जानकारी गराइएको छ  । शिलान्यास पश्चात नगर प्रमुख सन्तोष चालिसे सहित सोहि स्थानमा निर्माणाधीन रावण यज्ञ पार्कको अवलोकन समेत गरेका थिए

तपाइँको प्रतिक्रिया ।