कपडा बैंकमा त्रि–ज्योति मावी बुढानिलकण्ठ -१२ को सहयोग

कपडा बैंकमा त्रि–ज्योति मावी बुढानिलकण्ठ -१२ को सहयोग

कपन अनलाइन
काठमाडौं असोज १९।
बुढानीलकण्ठ नगरपालिका वडा नंं १२ मा रहेको त्रि–ज्योति माध्यमिक विद्यालयले   वडा नं. १२ र क्लोथ एण्ड फुड  बैङ्क नेपालको सहकार्यमा सुरु गरिएको कपडा बैङ्कमा सहयोग गरेको छ।

स्नेह ज्ञान र नेतृत्वको मूल मान्यतालाई पछ्याउँदै बालबालिकोको सुन्दर शैक्षिक भविष्य बनाउने अभियानमा त्रि–ज्योति विगत ३२ वर्षदेखि सक्रिय छ ।

शैक्षिक संस्थाको उत्तरदायित्व जीवन उपयोगी शिक्षा मार्फत  समाज रुपान्तरणमा लाग्नु हो भन्ने कुरा बुझ्दै आएको त्रि–ज्योति मा.वि.ले ‘‘घरघरमा त्रि–ज्योतिः मनमनमा त्रि–ज्योति’’ अभियान मार्फत  विभिन्न सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको छ ।

यस सिलसिलामा बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ र क्लोथ एण्ड पूmड बैङ्क नेपालको सहकार्यमा सुरु गरिएको कपडा बैङ्क शुभारम्भ समारोह २०८३ मा  १८४ भन्दा बढी सामग्रीहरु विद्यालयका प्राचार्य गणेणशकुमार मिश्रले बुनपा १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईलाई र क्लोय एण्ड फुड नेपालका संस्थापक अध्यक्ष कमल जि.सी. लाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन  ।

व्यक्ति व्यक्तिको साझा रुप समाज भएको हुँदा सामाजिक उत्तरदायित्वको यस पवित्र अभियानमा त्रि–ज्योति मा.वि.लाई समेत स्थान दिएकोमा विद्यालय परिवार कृतज्ञ रहेको कुरा बताउँदै आगामी दिनमा समाजको समग्रहितमा त्रि–ज्योति मा.वि. प्रतिवद्ध रहने धारणा प्राचार्य मिश्रले राखेका थिए  ।

त्यसै गरी विद्यालयका स्ांयोजक प्रवीन श्रेष्ठ,लेखा प्रमुख ओम विनोद निरौला , प्रशासन प्रमुख दिपक खतिवडा लगायत विभिन्न तहका तहगत प्रमुखहरु एवम् कर्मचारी साथीहरुको सह– हृदयपूर्ण एकता र सहकार्यको माध्यमबाट यस खालको परोपकारी अभियानमा संलग्न हुन पाउँदा हृदय गदगद भएको धारणा राखेका थिए  ।

त्यसैगरी पुस्तकालय प्रमुख सरिता खड्काले पुस्तक हस्तान्तरण कार्यलाई अगाडि बढाउन पाउँदा आफु  हर्ष विभोर भएको धारणा राखेकी छन  ।

अन्त्यमा त्रि–ज्योति मा.विका विद्यालय संयोजक प्रवीन श्रेष्ठले सामाजिक उत्तरदायित्वपूर्ण यस अभियानमा आफु समेत संलग्न हुन पाउँदा आनन्दको अनुभूति भइरहेको विचारसहित आयोजकलाई धन्यावाद दिँदै संभव हुनेले असम्भवमा रहेकाको सेवामा जुट्नु नै सच्चा मानवता हो भन्ने धारणासहित उक्त कपडा बैंक समारोहलाई सफल भएको देख्ने इच्छासहित हस्तान्तरण कार्यक्रमको सफललाको कामना गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।